
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष खुल्ला १० किलोमिटर सडक दौडमा विभागीय खेलाडीको बर्चस्व रह्यो ।
पोखरा रंगशालाबाट बिहीबार विहान शुरु भएको दौडमा महिला तर्फ नेपाली सेनाका धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सकेण्डमा पुरा गर्दै उपाधि जितिन् । त्यसैगरी गोमा पुनमगर(नेपाली सेना)ले ५३ मिनेट ११ सेकेण्ड र नेपाली सेनाकै धाविका मनसरा कुमालले ५५ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाईन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका धावक नरेन्द्रसिंह राउतले ३९ मिनेट ७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भए । त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले ४० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा केवल १० सेकेण्डले मात्रै पछि परेको शसस्त्र प्रहरी बलका धावक निरज भट्टले ४० मिनेट १५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।
विद्यालयस्तरीय छात्रा तर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्डकी यमुना थापाले २५ मिनेट २५ सेकेण्डको पुरा गर्दै प्रथम भईन् । राष्ट्रिय माविकी छात्रा संगीता विकले २६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा कास्की मोर्डनाईज्डकी दिलमाया पुलामीले २७ मिनेट १७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आईन् ।
छात्र तर्फको प्रतिस्पर्धामा भने निकै प्रतिस्पर्धात्मक देखियो । जनप्रिय माविका प्रविन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दुरीलाई पुरा गर्दै प्रथम हुदाँ छोरेपाटनका मनोज रोकामगरले २२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो र सिद्ध माविका विमल पुन मगरले २६ मिनेट २६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।

विजेता छात्रा तथा छात्र एवं खुल्ला तर्फका महिला तथा पुरुष धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँ लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार राशी छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेताले भने १५, १० र ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । दौडमा विद्यालय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुष तर्फ ३०० जना सहभागिता रहेको थियो ।दौडको उदघाटन महानगर उपमेयर मन्जुदेवी गुरुङले गरिन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…