
पोखरा-फुटबलर्स मिसन टुगेदर्सले मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा यही कार्तिक ६ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा ४० वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धा हुने छ । २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीन खेलाडी ३५ वर्ष मुनिका खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । उदघाटन खेल नेपाल आर्मीको भेट्रान्स टोलीले फुटबल फेलोसिपसँग प्रतिस्पर्धा गर्ने छ । आयोजकले जनाकारी दिए अनुसार समूह एमा नेपाल आर्मीको भेट्रान्स, फुटबल फेलोसिप र फर्पिङ स्पोर्टस रहेका छन् ।
यसैगरी समूह बीमा एनआरटी, भण्डीमण्डल भेट्रान्स र वी ब्रदर्श रहेका छन् । त्यस्तै समूह सीमा फ्रेण्डस क्लब, एस.एन.के.सी र बौद्ध भेट्रान्स रहेका छन् । समूह डी कुमाल भेट्रान्स, ललितपुर वार्ड नं १४ र साईनिङ सन रहेका छन् । समूह ई अन्तर्गत काभ्रे भेट्रान्स, हेटौडा नगरपालिका र झापा फुटबल क्लब रहेका छन् । त्यस्तै समूह एफमा चितवन भेट्रान्स, चितवन पश्चिम र बुटवल नगरपालिका छन् । समूह जीमा झम्सीखेल भेट्रान्स, श्रीकुमारी क्लब र पोखरा भेट्रान्सले प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…