एजेन्सी-आज मध्यरातमा च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दै छ । च्याम्पियन्स लिगमा लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । मड्रिड ४ अंकसहित दोस्रो स्थानमा छ ।
एट्लेटिको मड्रिडलाई आजको च्याम्पियन्स लिगको खेल निकै महत्वपूर्ण छ । जितसँगै शीर्षस्थानमा उक्लेर दोस्रो चरण प्रवेशको बाटो सहज बनाउने प्रयत्न गर्दा लिभरपुल भने मड्रिडलाई पराजित गरेर शीर्षस्थान बलियो पकड बनाउने अभियानमा छ । गत सिजनको च्याम्पियन्स लिगमा लिभरपुल दुवै भेटमा एट्लेटिको मड्रिडसँग पराजित भएको तथ्यांक छ ।
लिभरपुलले पछिल्लो पाँच खेललाई नियाल्दा केवल एक खेलमा मात्रै मड्रिड विरुद्ध जित निकालेको छ । युरोपा लिगा अन्तर्गत सन २०१० मा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो । एक खेल बराबरीमा टुंगिएको छ ।
लिभरपुलको सादियो माने, रोर्बटो फिरमिनो र मोहम्मद सलाह मुख्य खेलाडी हुन् । स्टईकरलाईनमा सादियो माने र सलाहको कम्बिनेसले मड्रिडको डिफेण्स लाईनलाई चुनौति बढाउने सम्भावना छ । उता एट्लेटिको लागि एन्टोनोई ग्रिजमन र लुईस स्वारेजको जोडीले स्टईकरको जिम्मेवारी सम्हाल्ने छन् । बार्सिलोनाबाट लोनमा पुरानै क्लब फर्किएका ग्रिजमनले यो सिजन खासै प्रभावकारी खेल पस्किन भने सकेका छैनन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…