
काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्ट सिटीले ब्राइटनलाई र वाट्फोर्ड र एभर्टनलाई पराजित गरेका छन् ।

ब्राइटनको घरेलु मैदानमा आतिथ्यता गरेको म्यानचेस्टर सिटीले उसैको मैदानमा ४–१ ले स्तब्ध बनाउँदा अर्कौ खेलमा वाट्फोर्डले पनि एभर्टनको घरेलु मैदानमा ५–२ को फराकिलो जित निकालेको हो ।

सिटीको जितमा फिल फोडेनले दुई गोल आफ्नो नाममा लेखाउँदा इल्के गुन्डोगान र रियाद महारेजले एक÷एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।

१३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–० को तथा ३१ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

पछि परेको ब्राइटन खेलमा फर्किन निकै प्रयसा ग¥यो । सोही क्रममा ८१ औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेलको अन्तर घटाउने प्रयास गरे । त्यसपछि खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित निश्चित गरे ।

जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । तर, जोसुवा किङले ह्याट्रिक पूरा गरेपछि वाट्फोर्डले सानदार जित निकालेको हो । जितसँगै १४ औं स्थानको वाट्फोर्डले १० अंक जोडेको छ । आठौं स्थानको एभर्टनले १४ अंक जोडेको छ ।

अर्को खेलमा साउथह्याम्पटन र बर्नलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा लिड्स र उल्भ्स तथा क्रिस्टल प्यालेस र न्युकासलले १–१ गोलको बराबरी खेले ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…