
काठमाडौं । दुबईमा जारी आईसिसि ट्वान्टी–२० विश्वकपमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।
सुपर १२ राउन्ड अन्तर्गत समूह बी को पहिलो खेलमा नै यी दुई टोलीको भेट हुन लागेको हो । विरलै मात्र आमने सामने हुने यी दुई टोलीको प्रतिस्पर्धा विश्वभरका दर्शकका लागि बहुप्रतिक्षित हुने गरेको छ ।

हालसम्म दुई टोलीबीच ट्वान्टी–२० को प्रतिस्पर्धा ५ पटक भएको छ । जसमा सबै खेलमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ । विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ । यद्यपि टोली भने सार्वजनिक भएको छैन । तर यस अघि हिजो नै पाकिस्तानले बाबर आजमको कप्तानीमा पाकिस्तानले १२ खेलाडी घोषणा गरेको छ ।
टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन ।

भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीच लामो समयबाट राजनैतिक तनाब रहदै आएको र त्यसको असर खेल क्षेत्रमा पनि देखिने गरेको छ । सोही टक्राबका कारण यी दुईलाई जित निकाल्न पर्ने भिडन्तले निकै चर्चा कमाउने गरेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् ।

सन २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अझ सन २०१६ पछि ट्वान्टी–२० विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन । सन २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो ।
यस अघि सारजाहमा हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीको भिड्न्त भने दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यी दुबै टिम पहिलो चरणबाट आएका हुन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…