
पोखरा- मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुने पखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले जर्सी सहयोग गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले २० थान जर्सी सहयोग गरेको हो ।
आइतबार पोखरा रंगशाला फुटबल मैदानमा रिसोर्टका संचालक जितु गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई जर्सी हस्तान्तरण गरेका हुन् । असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक हिटलर घलेले जानकारी दिए ।
लिगमा सहभागि हुने खेलाडीहरुमा संयोजक घलेसहित इश्वर गुरुङ , विजय गुरुङ, खिम गुरुङ, गंगा तामाङ, राजु तामाङ, संजय गुरुङ, महेन्द्र गुरुङ, सूर्य पुन, नरेन्द्र गुरुङ, सुरज गुरुङ, लक्षु गुरुङ, दिलिपराय माझी, मनोज गुरुङ, शंकर केसी, दिपेन्द्र तामाङ, दिलिप गुरुङ र कन्या गुरुङ रहेका छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…