
काठमाडौं । टी २० विश्वकपको रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

दुवईमा आज साँझ भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।पाकिस्तानको विजयका लागि बारबर आजम र मोहम्मद रिजवनले उत्कृष्ठ पारि खेलेका छन् ।

पहिले टस जितेर फिल्डिङ रोजेको पाकिस्तानका बलरहरूले भारतीय बल्लेवाजहरूलाई सुरूदेखि नै दबाबमा राखेको थिए । भारतले २० ओभरमा सात विकेट गुमाएर जमममा १५१ रन बनाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक बनाए पनि अन्य बल्लेवाजहरू सस्तैमा समेटिएका थिए ।

पाकिस्तानले भारतलाई टी २० मा पहिलोपटक पराजित गरेको हो । दुई दुश्मन छिमेकी भारत र पाकिस्तानको क्रिकेट मुकाबिलालाई खेल कुटनीतिमा अर्थपूर्ण मानिन्छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…