
काठमाडौं । मोहम्मद सलाहले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई उसैको मैदानमा रवाफिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५–० गोल सानदार जित निकालेको हो । युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गर्दा नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे ।पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा जोटाले गोल थप्दा लिभरपुलको अग्रता २–० मा पुगेको थियो । ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० मा पु¥याए पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५–० ले विजयी भयो । बाँकी समय युनाईटेडको मैदानमा केही घम्सा घम्सी पनि भएको थियो । रोनाल्डोले अनपेक्षित फाउल खेल्दा घरेलु समर्थक केही निराश बनेका थिए । ५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन ।

भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए । यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका थिए ।

जितसँगै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ । युनाईटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । चेल्सी २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

प्रिमियर लिग फुटबल अन्तर्गत गए राति नै भएका अन्य खेलमा वेस्ट ह्यामले टोटेनह्यामलाई १–० तथा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले उसैको मैदानमा स्तब्ध बनायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…