
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियाल मड्रिडले बाजी मारेको छ ।

आइतबार राति भएको खेलमा रियाल मड्रिडले बार्सिलोनाको घरेलु मैदानमा २–१ को जित निकालेको हो । बार्सिलोनाको मैदानमा रियाललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे । बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए ।

रोड्रिगोको पासमा अलबाले खेलको ३२ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले एक गोल फर्काएपनि रियल २–१ ले विजयी भयो । यस जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ । रियालले ९ खेलमा २० अंक जोडेको छ । बार्सिलोना १५ अंक जोडेर आठौं स्थानमा छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा एट्लेटिको विलवाओले भिल्लारियाललाई २–१ ले पराजित गर्दा सेभियाले लेभान्टेलाई ५–२ तथा रियाल बेटिसले रायो भालेकानोमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।
यस्तै एट्लेटिको मड्रिडर रियाल सोसिडाडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…