
काठमाडौं– बेदकोट नगरपालिका र सुनकोसी नगरपालिकाले उपमेयर कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा जित आत्मसात गरेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकाल्दा अर्को खेलमा सुनकोसीले धनकुटा नगरपालिकालाई ४–१ ले पराजित गरेको हो ।
बराक्षेत्रमाथि सुरुआतबाट नै हाबी भएको बेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो । कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शोभा क्षत्रीले टोलीका लागि तेस्रो गोल थप्दा बेदकोटले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा बराहक्षेत्रले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र बेदकोटले पहिलो हाफमा निकालेको नतिजा पर्याप्त बन्यो ।
छनोट प्रतियोगिताअन्तर्गत बिहीबारै भएको अर्को खेलमा सुनकोसी नगरपालिकाले धरान एसएमसीलाई ४–१ ले पराजित ग¥यो । यस खेलमा अनु लामा वुमन अफ दी म्याच घोषित भइन् ।
बिहीबार स्थगित भएको छैटौं नम्बरको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित ग¥यो । काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन् । सरस्वती ऐरले ह्याट्रिक पूरा गर्दा यस्तै गरिमा राई र मनीषा थापामगरले एक÷एक गोल गरे ।
जितसँगै समूह ‘ई’ को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहबाट इलामको रोङ गाउँपालिका नकआउट चरणमा यसअघि नै प्रवेश गरेको छ । रोङले २ खेलमा ४ अंक जोड्यो । तर, रोङ गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा पुगेको हो ।
प्रतियोगितामा भोलि ३ खेल हुनेछन् । दिनको पहिलो खेल हेटौंडा र तुलसीपुर नगरपालिका, दोस्रो खेल पोखरा र वीरेन्द्रनगर नगरपालिका तथा दिनको अन्तिम खेल धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछन् । ३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…