
काठमाडौं । नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ ।
बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको हो ।
खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।
समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोटचरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो ।
यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ ।
दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्र्र्दै दोस्रो स्थानमा छ । नेपाल र लेबनान लगातार दोस्रो खेलमा निराश बने ।
यसअघि सोमबार भएको पहलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो । बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो ।
११ समूह रहेको छनोटचरणबाट प्रत्येक समूहको समूहविजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन् । नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…