
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सुपर–१२ को दोस्रो खेलमा न्युजिल्यान्डले भारतमाथि आठ विकेटको सानदार जित निकालेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा पूरा गर्यो ।
न्युजिल्यान्डका लागि डारिल मिचेलले ३५ बल खर्चेर सर्वाधिक ४९ रन बनाए । यस्तै, कप्तान केन विलियमसनले ३३, मार्टिन गुप्टिलले २० तथा डेवोन कोनवेले दुई रन बनाए । भारतका लागि जस्प्रित बुमराहले दुई विकेट लिए ।
त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले २६, हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४ रन तथा रिशव पन्तले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र इश सोधीले दुई-दुई विकेट लिए । यस्तै, टिम साउथी र आदमले मिल्नेले एक-एक विकेट लिए ।
जितसँगै न्युजिल्यान्डले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । पछिल्ला लगातार दुई खेलमा खराब प्रदर्शन गरेको भारत भने समूह चरणबाटै बाहिरिने सम्भवाना बलियो छ । यसअघि आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…