
पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic
पोखरा-सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्दै छ । सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ ।
प्रालिले पोखरा म्याराथनसँग यसअघि दुई पटक गरेर ६ वर्षसम्म मुख्य प्रायोजन गर्दै आएको थियो । ‘अब हामी भुतपुर्व खेलाडी मञ्चसँग तीन वर्ष सम्झौंता गरेर अगाडि बढ्छौं ।’ सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले भने–‘तीन वर्षे सम्झौतालाई निरन्तरता दिएका हौं ।’
पोखराको खेलकुद प्रवद्र्धन सुजल डेरी प्रालिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रालिले सबैभन्दा पहिला कास्की जिल्ला फुटबल संघसँग तीन वर्षे सम्झौता गर्दै ‘सफल पोखरा कप’ लाई मुख्य प्रायोजन गर्दै आएको थियो । पहिलो वर्षकै सम्झौतामा कास्की जिल्ला फुटबल संघले बंगलादेशको धनमुण्डी क्लबलाई पोखरा भित्र्याउँदै फुटबलमा नयाँ आयाम थपेको थियो ।
फुटबलसँगको तीन वर्षे सम्झौता सकिएपछि सुजल डेरीले सफल दूधकै नामबाट नेपाल भुतपुर्व खेलाडी मञ्चसँग सम्झौता गर्दै एथलेटिक्स तर्फ हातेमालो गरेको थियो । ‘खेलकुदको विकासमा सहकार्य गर्ने ध्येयले नै सम्झौतालाई नविकरण गरेका हौं ।’ प्रालिका कार्यकारी निर्देशक श्रेष्ठको भनाई थियो । सम्झौता नविकरण गरिएपनि सम्झौता रकम पनि विगतको वर्षमा भन्दा केही बढ्ने सम्भावना छ ।
सम्झौता अनुसार वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति छ । अघिल्लो वर्षको सम्झौता अनुसार साढे ४ लाख रुपैयाँ प्रालिले उपलब्ध गराउँदै आएको थियो । ‘अब नयाँ सम्झौता थप भएपछि प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ ।’ मञ्च पदाधिकारीले उल्लेख गरे ।
गतवर्ष मञ्चले कोभिडकै कारण पोखरा म्याराथनसँगै अन्य इभेण्टलाई भने फरक फरक मितिमा आयोजना गरेको थियो । १० किलोमिटर महिला तथा खुल्ला, ५ किलोमिटर छात्रा तथा छात्र दौड तथा ह्वीलचियर दौडलाई विभिन्न चरणमा टुग्याएको थियो । कोभिड भन्दा अघिको संस्करणको पोखरा म्याराथनको उपाधि जापानीज धावकले जितेका थिए ।
प्रत्येक वर्ष जापानको कोमागाने शहरमा आयोजना हुने म्याराथनको उत्कृष्ट धावक पोखरा म्याराथनमा सहभागिता हुने छन् । पहिलो पटक जापानीज धावक पोखरामा म्याराथनमा सहभागि हुदैं उपाधि जितेर फर्किएका थिए । पोखरा र कोमागाने बीचको भगिनी सम्बन्धकै कारण कोमागानेका धावक पोखरा आउने गरेका हुन् । १६ औं सस्करणको पोखरा म्याराथन आगामी फागुनमा हुने विश्वास छ । १५ औं सस्करण आर्मीका धावक राजन रोकायाले जितेका थिए । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै दुईलाख नगदराशीको ‘अन्तराष्ट्रिय पोखरा म्याराथन’ उपाधि आफनो नाममा लेखाएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…