
पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीन वर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा बृद्धि गरेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले तेस्रो पटक सम्झौता नविकरण गर्दै वि.स.२०८० सालसम्म साथ दिने छ । प्रालिसँग नयाँ सम्झौता गरेपछि नेपाल भुतपुर्व खेलाडी मञ्चले १६ औं सस्ँकरणको पुरस्कार राशीमा शतप्रतिशत बृद्धि गरेको छ ।
सम्झौता अनुसार प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ । प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठका अनुसार खेल पर्यटन प्रवद्र्धनमा मञ्चमा सहकार्य गरिएको हो । ‘मञ्चसँग २०७२ सालदेखि सहकार्य गर्दै आएका हौं । यो हाम्रो तेस्रोपटक सम्झौता हो ।’ उनले भने ।
मञ्चले १६ औं सस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन आगामी फागुन ७ गते आयोजना गर्ने निर्णय गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन ७ गते पोखरा म्याराथन आयोजना गरिने बताए । ‘ पोखरा म्याराथनको पुरस्कार राशी बढाएका छौं ।’ अध्यक्ष पराजुलीले भने– खेलकुदको इतिहासमै पुरस्कार राशी बढाइएको छ ।’ उनका अनुसार प्रथम हुने धावकले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो स्थानमा रहने धावकले २ लाख रुपैयाँ पाउने छन् । गतवर्ष प्रथम हुने धावकलाई २ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
४२.१९५ किलोमिटर म्याराथनमा तेस्रो स्थानमा आउने धावकले १ लाख रुपैयाँ र चौथो हुने धावकले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । मञ्चले आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तराष्ट्रिय छाता संगठन एम्समा दर्ता गराउने योजना रहेको बताए । एम्समा दर्ता गरोन योजनासँगै पुरस्कार राशी १० लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको छ । लक्ष्यमा पुग्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको मञ्चले उल्लेख गरेको छ ।
महिला हाफ म्याराथन विजेतालाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार राशी दिईने छ । १० किलोमिटर पुरुष दौड विजेतालाई २० हजार, दोस्रोलाई १५ हजार र तृतीय हुनेलाई नगद १० हजार रुपैैंया प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै महिला १० किलोमिटर दौड विजेतालाई नगद २०, उपविजेतालाई १५ र तेस्रो हुनेलाई नगद १० राशी पुरस्कारको व्यवस्था गरिएको छ ।
मञ्चले विद्यालयलाई समेत सहभागि गराउने उद्देश्यसहित ५ किलोमिटर छात्र तथा छात्रा दौड प्रतियोगितालाई समेट्दै आएको छ । विजेतालाई १२, १० र ७ हजार नगद प्रदान गरिएको छ । त्यसैगरी ह्वीलचियर महिला तथा पुरुष दौड विजेतालाई १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । दृष्टिविहीन महिला तथा पुरुष दौडलाई पनि १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने मञ्चका अध्यक्ष पराजुलीले जानकारी गराए ।
सिटी म्याराथनको अवधारणासँगै शुरु गरिएको पोखरा म्याराथनलाई भव्य बनाउन विभिन्न २१ वटा समिति समेत बनाईसकिएको छ । १५ औं सस्करण आर्मीका धावक राजन रोकायाले जितेका थिए । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै दुईलाख नगदराशीको ‘अन्तराष्ट्रिय पोखरा म्याराथन’ उपाधि आफनो नाममा लेखाएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…