
पोखरा-आगामी मंसिर ४ गते पोखरामा बाल दिवसको अवसरमा छात्राछात्र सडक दौड आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले बाल दिवस मनाउने क्रममा विद्यालयस्तरीय छात्राछात्र सडक दौड आयोजना गरिने जनाएको छ ।
१६ वर्ष उमेर समूहका छात्रा छात्रहरुले प्रतिस्पर्धा गर्न पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । दौड तीन किलोमिटरको हुने छ । पोखरा–६ खहरेबाट शुरु हुने दौड खपौंदी पुगेर टुंगिने छ । खपौंदीस्थित प्याराग्लाईडिङ ल्याण्डिङ क्षेत्रमा पुगेर दौड पुरा हुने जनाइएको छ ।
कोभिड–१९ को आक्रान्तसँगै सुस्ताएको खेलकुदलाई विद्यालय छात्रा छात्र दौड मार्फत अगाडि बढाउने अभियानसहित यो दौड आयोजना गरिएको छ । प्रतियोगिताको रुपमा कास्की जिल्ला खेलकुद विकास समितिको पहिलो कार्यक्रम समेत हो । यस अघि पोखरा महानगर खेलकुद विकास समितिले सडक दौड तथा विद्यालयस्तरीय छात्रा छात्र दौड आयोजना गरेको थियो ।
दौडलाई गण्डकी प्रदेश खेलकुद परिषदले आर्थिक सहयोग गरेको छ । प्रदेश खेलकुदले ४५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । खर्च १ लाख ५० हजार हुने अनुमान गरिएको छ । विभिन्न संघसंस्थासँग सहयोग जुटाईने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
विजेता धावकले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुनेले ७ हजार रुपैयाँ, तेस्रो हुने धावकले नगद ५ हजार र सान्त्वना स्वरुप २ हजार रुपैयाँ प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले जानकारी दिए । प्रतियोगिताको लागि ७ सदस्यीय उपसमिति समेत गठन गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…