
काठमाडौं । ए डिभिजन लिगको क्लब संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा सम्झौता भएको छ ।
संकटाले आज एक कार्यक्रमको आयोजना गरी यु क्यानसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ ।
यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए । यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए । यस्तै अध्यक्ष तुलाधरले मुख्य प्रायोजकको लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो लाग्ने बताए । सोही कार्यक्रममा रवि शिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ । जस मध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावे रहेका छन् ।
सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदै छ । जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन् । नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ । जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदै छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…