
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका केही खेल चौथो भेन्यूको रुपमा रहेको पोखरा रंगशालामा पनि आयोजना हुन सक्ने बताएको छ ।
एन्फाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनबाट दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी पोखरामा पनि खेल हुन सक्ने जनाएको हाष्े । रंगशाला प्रवेशका लागि एन्फाले टिकटको मूल्य निर्धारण गरेको छ । दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरे जस्तै अन्य रंगशालामा पनि सोही मूल्य हुने एन्फाले भनाई छ ।

एन्फाले गत संस्करणको लिगमा भन्दा धेरै दर्शक लक्ष्य राखेर टिकट मूल्य घटाइएको जानकारी दियो । यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

ए डिभिज लिगका निर्देशक सञ्जीब मिश्रले दुई चरणका खेल तालिका सार्वजनिक भइसेकको र बाँकी खेलका लािग खेल स्थलको टुङ्गो लागिसकेपछि निर्धारण हुने इंकित गरे । निर्देशक मिश्रले एक सातामा चार दिन खेल सञ्चालन गर्ने लक्ष्य अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुने बताए ।

मनाङ मस्र्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रंगशाला भएकाले केही खेल त्यहाँ गराउने विषयमा पनि छलफल भइरहेको एन्फाले जनाएको छ । यसअघि कात्तिक २९ गतेदेखि नै लिग सुरु हुने बताइए पनि अन्तिम समयमा आएर आयोजक एन्फाले प्राविधिक कारण देखाउँदै लिग तीन दिन पछि धकेलेको हो ।
पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल दशरथ रंगशलामा तथा आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुने एन्फाले जानकारी दियो । त्यसपछिका खेलको तालिका भने केही खेल पछिमात्र निर्धारण गर्ने एन्फाको तयारी छ । यस्तै लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए क्लब र परिवारलाई बोझ नदिने भन्दै त्यसको उपचारको जिम्मा एन्फाले लिने महासचिव तुलाधरले बताए ।
लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने छ । नयाँ सिजनको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । जस अन्तर्गत मंसिर ३ गते फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा उद्घाटन खेल हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…