
एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्गर्तत गए राति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले जित निकालेका छन् ।

वार्टफोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २–१ को जित निकाल्दा म्यानचेस्टर सिटीले एस्टन भिल्लाको मैदानमा पनि समान २–१ को जित निकालेको हो ।

भिल्ला पार्कमा बुधबार राति भएको खेलमा पाहुना टोलीको जितमा रुवेन डियास र बर्नार्डो सिल्भाले गोल गर्दा घरेलु टोलीका ओले वाट्किन्सले एक गोल फर्काए । खेलको २७औं मिनेटमा रुवेन डियासले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए । यस्तै तालिकाको तेस्रो स्थानमा रहेको लिभरपुलले पनि एभर्टनको मैदानमा ४–१ को फराकिलो जित निकाल्यो ।

शीर्ष स्थानको चेल्सीलाई स्पष्ट जित दिलाउने क्रममा मासुन माउन्ट र हाकिम जियचले गोल गर्दा इमानुयल बोनाभेन्टुयरले एक गोल फर्काए । मासुन माउन्टले चेल्सीका लागि २९औं मिनेटमा सुरुआती अग्रता निकालेको खेलमा ४३औं मिनेटमा वार्टफोर्डका ला िबोनाभेन्टुयरले बराबरी गोल फर्काएका थिए । ७२औं मिनेटमा हाकिमले गोल गर्दै टोलीलाई स्पष्ट जित दिलाए ।

जितसँगै चेल्सीले शीर्षता कायम गरिहेको छ । १४ खेलबाट ३३ अंक जोडेको छ । यस्तै म्यानचेस्टर सिटी समान १४ खेलबाट ३४ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एभर्टनमाथि ४–१ को जित निकालेको लिभरपुल तालिकाको तेस्रो स्थानमा छ ।

प्रिमियर लिग फुटबल अन्तर्गत गए राति नै भएका खेलमा साउथ ह्याम्पटन र लेस्टर सिटीले २–२, वेस्ट ह्याम युनाईटेड र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोल रहित बराबरी खेल्दै अंक बाँडे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…