
काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गर्दा रहिम स्ट्रर्लिङको नाममा एक गोल रह्यो । वाट्फोर्डका चुचो हर्नान्डेजले एक गोल फर्काए ।
चौंथो मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २(० को अग्रता दिलाए । सिल्भाले खेलको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३–० ले अघि रह्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा हर्नान्डेजले एक गोल फर्काएपनि सिटी ३–१ ले विजयी भयो ।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोडेको छ । वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा लिभपुरले उल्भ्सविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दा साउथ ह्याम्पटन र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…