
काठमाडौं-नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार पायो । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसेन गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले जनाएका छन् ।
प्रतियोगितको प्रायोजकहरुमा क्लब प्लाटिनम, एलओडी, झमेल बिट्स, मातृका आई सेन्टर, होटल विराजमान, टामरिन्ड रेस्टुरेन्ट, ट्रेन्ड वे इन्टरनेसनल प्रा।लि। र सन्सेट बार रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…