अबायोनीको ह्याट्रिक प्रेरित बुद्ध युथको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १५ गते २०७८ मा प्रकाशित


पोखरा-फकुल्ने अबायोनीको ह्याट्रिक प्रेरित बुद्ध युथ क्लबले घनपोखरा युवा क्लबलाई ५-० गोलले पराजित गरेको छ । त्रिवेणी युवा क्लबको आयोजनामा बेसिशहरमा आयोजित २९ औं सस्करणको त्रिवेणी कप अन्तर्गत विहीबार बुद्ध युथ क्लबका अबायोनीले ह्याट्रिक पुरा गर्दा थप दुई गोल दुई खेलाडीको नाममा रह्यो । अबायोनीले २५ औं मिनेटमा पहिलो गोल गर्दै बुद्ध युथ क्लबलाई अग्रता दिलाए ।

उनको अग्रतासँगै अघि बढेको क्लबले सुनिल श्रेष्ठले ३० औं मिनेटमा गोल गर्दै अग्रतालाई अझ बलियो बनाए । ४० औं मिनेटमा अबायोनीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई फराकिलो बनाए । एकपछि अर्को मुभ बनाएको बुद्धको लागि चौथो गोल ४६ औं मिनेटमा सम्भव हुन पुग्यो । ४६ औं मिनेटमा सन्दीप रानामगरले गोल गरे । अबायोनीले खेलको ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

अर्को खेलमा बेसिशहर युवा क्लबले अन्नपूर्ण युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।मनोज गुरुङले ४६ औं मिनेटमा, दिपेश श्रेष्ठले ५७ औं मिनेट र धर्मराज पौडेलले ७६ औं मिनेटमा गोल गर्दै जित पक्का बनाएका थिए ।