
पोखरा-ब्रिगेड ब्वाईज क्लबलाई १-० को संघर्षपूर्ण जित निकल्दै मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो । यसअघि मनाङले घरेलु मैदान नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । जितले मनाङलाई एएफसी खेल्ने सम्भावनालाई जिवितै राखेको छ ।
पहिलो हाफको अतिरिक्त समयमा कप्तान अन्जन विष्टको हेडर निर्णायक गोल भएपछि मनाङले स्पष्ट तीन अंक आफनो खातामा जोड्न सफल रह्यो । पोखरामै दोस्रो पटक प्लेयर अफ दि म्याच घोषित विष्टले रिवाउण्ड बललाई गोलको लागि उपयोग गरेका हुन् । दिनेश राजवंशीको दिएको पासलाई ब्रिगेडका गोलकिपरले पन्च गरेपनि क्लियर हुन नसकेको बललाई विष्टले हेडर गर्दै पोष्टको दिशा दिएका थिए । घरेलु मैदानमा उनको यो तेस्रो गोल थियो ।
मनाङको अग्रता अघि नै ब्रिगेडले अग्रता लिने अवसरलाई गुमाउन पुग्यो । १६ औं मिनेटमा पाएको पेनाल्टी चुकाउँदा ब्रिगेडले मनाङमाथि अग्रता लिदैं दबाव सृजना गर्न चुक्न पुग्यो । आदित्य चौधरीले डिबक्सभित्र शिशिर लेखीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिए । तर पेनाल्टीलाई लेखीले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार क्रसबार भन्दा धेरैमाथिबाट बाहिरिएपछि ब्रिगेड क्वाईजको लागि खेलमा भुल्न नसकिने पीडा बन्यो ।
पहिलो हाफ दुवैले उत्कृष्ट प्रदर्शन गरे । तर दोस्रो हाफ दुबै दबावमा खेले । २२ औं मिनेटमा ब्रिगेडका रजत तिवारीले डिफेन्सलाई विट गर्दै हानेको बल मनाङका गोल रक्षककै हातमा पर्यो । २९ औं मिनेटमा लेखीले मिलाईदिएको पासलाई रुदी एमबाकोपले हानेको भली बाहिरिन पुग्यो ।मनाङले पनि केही अवसरलाई सदुपयोग गर्नबाट टाढै रह्यो । २९ औं मिनेटमा पुजन उपरकोटीले दिएको पासलाई अफसाईट विट गर्दै हानेको प्रहार ब्रिगेडका गोल किपर गुरप्रित सिंहले पन्च गर्दै बचाए ।
३३ औं मिनेटमा ओलावालेको प्रहारलाई पनि बचाउँदै खेललाई प्रतिस्पर्धात्मक बनाईराखे । ३९ औं मिनेटमा निशान लिम्बुले सिक्स यार्डबक्सबाट हानेको पावर सट फष्टबार हुदैं बाहिरिएको थियो । दोस्रो हाफमा पुजन उपरकोटीले हानेको फ्रिकिक बललाई दिनेश राजवंशीको हेड क्रसबारमा लागेर बाहिरिदाँ अग्रता दोब्बर बनाउनबाट मनाङ बन्चित हुन पुग्यो । मनाङले अर्को खेल घरेलु मैदानमा च्यासल युथ क्लबसँग यही पुस २४ गते खेल्ने छ । यो नै मनाङले पोखरामा खेल्ने लिगको अन्तिम खेल हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…