
पोखरा-आहा रारा गोल्डकपको २० औं सस्करण आगामी माघ ६ देखि १५ गतेसम्म हुने अखिल नेपाल फुटबल संघले मिति तय गरिदिएको छ । क्लबले मागेकै समय फुटबल संघले उपलब्ध गराएको हो । यद्यपी फुटबल विगतमा झैं १० दिन आयोजना हुने छ । पछिल्लो दुई वर्षयता सहारा क्लबले आहा रारा गोल्डकपलाई १० दिनमा टुग्याउँदै आएको छ ।-
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिसन डाउल्ला, क्यामरुङ्ग रहेको थियो । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, वल्र्ड लिंक, सिताज् सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्÷प्रदेश खेलकुद परिषद् गण्डकी÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷सहारा युके÷सहारा क्लब हङ्गकङ्ग÷सहारा क्लब अष्टे«लिया समेतको विशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ । यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ अनुमादन गरिएको छ ।
क्याराभान गोल्डकप सहित २० वर्षदेखि निरन्तर संचालन भएको यस प्रतियोगितामा बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । अहिले तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु एकेडेमीमा आश्रित छन् । २०६१ सालदेखि उनीहरु आवासीइ रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोबिल्लामा प्रदान गरिदैं आएको क्लबका महासचिव रामजीप्रसाद अघिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…