कुमालद्वय कराँते च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७८ मा प्रकाशित


पोखरा-२१ औं राष्ट्रिय माछापुच्छ्रे फुल–कन्ट्याक्ट कराँते तथा तेश्रो क्योकुशिन कान कराँते प्रतियोगितामा पुरुष तर्फ मोसेस कुमाल र महिला तर्फ सरगम कुमाल च्याम्पियन बनेका छन् ।पुरुषतर्फ खुल्ला तौल समूहमा मोसेसले कपिल कुमाललाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । तेस्रोस्थानमा सुमित सिग्देल र अनिल बराम आएका छन् । नेपाल क्योकुसिन कान कराँते संघ कास्कीले पोखरा रंगशालामा आयेजना गरेको फाईनल प्रतिस्पर्धामा महिला तर्फ राष्ट्रिय खेलकुदमा स्वर्ण पदकविजेता सरगम कुमालले धनी रानामगरलाई पराजित गर्दैै च्याम्पियन बनेकी हुन् ।

पुरुष तर्फ ५५ केजी तौल समूहमा पहिलो धिरज परियारले स्वर्ण, कपिल कुमालले रजत र अनिश बिक र हेमन्त बिकले कास्य पदक जिते । ५० केजी तौल समूहमा युवराज गुरुङ पहिलो, रतन दुदेल दोस्रो र रोशन गुरुङ तथा राजन बिक तेस्रो भए । ४५ केजी र्ताल समूहमा आयुस सुनार पहिलो, नारायण श्रीपाली दोस्रो र किस्मत कँडेल तथा अमंर थापा तेस्रो भएका थिए । ४० केजी तौल समूहमा पहिलो शाबित प्रत्येल, दोस्रो अभिषेक तामाङ, तेस्रो रितेश गुरुङ र अम्बर थापा भएका छन् । ३५ केजी तौल समूहमा रविन गौतमले स्वर्ण बसन्त थापामगरले रजत र शलिन केसी र आयुस चापागाइले कास्य पदक जिते । ३० केजी तौल समूहमा पहिलो सत्कार पर्तेलले स्वर्ण, रोशन परियारले रजत सुभम पौडेल र कुशल तिवारीले कास्य पदक जित्न सफल भए ।

महिलातर्फको खुल्ला तौल समूहमा सरगम कुमाल च्यापहिलो भएकी छन् । कुमाल र रानामगर बीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्यो । तेस्रो बाउटमा कुमालले इप्पोनको आधारमा जितेकी हुन । रानामगर रजत पदकमा चित्त बुझाईन् । शर्मिला बुढा र सिर्जना पुनले कास्य पदक जिते । महिला तर्फ ५० केजी तौल समूहमा मनिसा तामाङले स्वर्ण,सर्वदा पौडेलले रजत र सविना क्षेत्री र ज्योती मल्लले कास्य पदक जिते । ४० केजी तौल समूहमा अनुष्का बिकले स्वर्ण, बिपसा विकले रजत र सुहाना श्रेष्ठ तथा सुबिना मगरले कास्य पदक जितेका छन् । प्रतियोगितामा बेष्ट फाइटर पुरुषतर्फ लिलाबहादुर बिक घोषित भएका छन् । महिलातर्फ ज्योति मल्ल घोषित भएकी छन् ।

मुख्य निर्णयकमा सुबास खड्का र निर्मल केसी रहेका थिए । निर्णयकमा राजु थापा, उज्वल कार्की, बिनोद नेगी, सुमन पर्तेल, मुना पुन, मदन क्षेत्री, अजुन बराम दिल पुन निरोज परियार लगायत रहेका थिए । प्रतियोगितामा क्योकुशिन कान कराँतेको बिकासमा सहयोग गर्दै आएका शंकर भण्डारी संघका निर्वतमान अध्यक्ष बेलबहादुर थापा, सिनियर खेलाडी एवं अधिवक्ता सुरेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास पोखराका कार्यालय प्रमुख प्रकाश बराल र खेलाडी नविन मल्ललाई सम्मान गरिएको थियो ।