
पोखरा-त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा फेरी एकपटक अभागी सिद्ध हुदाँ सर्वाधिक सफल मनाङमस्र्याङ्दी क्लव आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल पक्का गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीको भाग्य खोसिदैं यात्रा टुग्याउँदा मनाङ मस्र्याङ्दी भने पोखराको मैदानमा इतिहास लक्ष्य अघि बढेको छ ।
पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । मनाङले निर्धारित समयमै पाएको पेनाल्टीलाई गुमाउँदा निर्णय पेनाल्टी सुटआउटसम्म धकेलिएको थियो ।
निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले राम्रा अवसर सिर्जना गरेपनि सदूपयोग गर्न सकेनन् । खेलको आठौं मिनेटमै मनाङले गोल गर्ने राम्रो अवसर पाएको थियो । मनाङका फरवार्ड अडेलजा सोमिडेको क्रस बललाई क्लियर गर्न खोज्दा आर्मीका युद्ध शाहीको ह्याण्ड भएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिए । जसमा मनाङका कप्तान विमल राना गोल गर्न असफल भए । उनले गरेको कडा प्रहार क्रसबार माथिबाट बाहिरियो ।
मनाङका विश्व अधिकारी भने गोल गर्न चुके । उनले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो । आर्मीको तर्फबाट भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए । आर्मीका दीपक गुरुङ र युद्ध शाहीले गोल गर्न सकेनन् । दीपकले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो । युद्धले हानेको प्रहारलाई बिपक्षी गोलकिपर अशोक बरालले विफल पारे । बायाँ साइड च्यापेर हानेको उक्त प्रहारलाई गोलकिपर बरालले पञ्च गरेर रोके । टाइब्रेकरमा मनाङका फ्रयांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए ।
पहिलो हाफमा आक्रामक खेलेको मनाङ दोश्रो हाफदेखि भने रक्षात्मक बन्यो । दोश्रो हाफबाट आक्रामक रणनीति अप्नाएको आर्मीलाई रोक्न मनाङ रक्षात्मक बनेको हो । दोश्रो हाफ र अतिरिक्त समयमा आर्मीका खेलाडीहरुले एकपछि अर्को आक्रमण जारी राखेपनि मनाङको मानव निर्मित रक्षात्मक फलामेबार चिर्न सकेन । विहीबारको खेलमा टाइब्रेकरमा पेनाल्टी रोक्ने मनाङका गोलकिपर अशोक बराल म्यान अफ दी म्याच घोषित भए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…