
पोखरा- १६ औं सस्ंकरणको पोखरा म्याराथन विजेताले बेलायतको म्याराथनमा सहभागिता जनाउने अवसर पाउने छन् । म्याराथन विजेता धावकलाई अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेल्ने छ । पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।
कोभिडका कारण स्थगित हुन पुगेको आफ्नो घोषणालाई पुनः निरन्तरता दिने पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले बताएका छन् । “पोखरा म्याराथनको आफ्नै विशेषता मात्रै नभई यसले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउँदै गएको छ”, उनले भने,“हामी पोखरा म्याराथनको विजेता नेपाली धावकलाई युकेमा ल्याउन आतुर छौं ।” पोखरेली मञ्च युकेले यहि नेपाली नयाँ वर्षबाट ‘नेपाल रन’ समेत आयोजना गर्ने तयारी गरिरहेको बताउँदै अध्यक्ष गुरुङले यो वर्ष नेपाल रनमा सम्भव नभए युकेमा आयोजना हुने कुनै पनि म्याराथनमा सहभागि गराउन पहल गर्ने बताए ।
पोखरा म्याराथन संगै नेपाल रन सफल बनाउन मञ्चले हालै युकेमा ‘च्यारिटी डिनर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै अध्यक्ष गुरुङले १६ औं संस्करणको पोखरा म्याराथनमा केही विशिष्ट व्यक्तिहरु पोखरा आउने तयारी गरिरहेको बताउँदै भने–“हामी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराएर उनीहरुलाई थप हौसला बढाउन चाहन्छौ.।”


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…