
पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितमा सहभागि हुने खेलाडीको विमा गरिने बताएका छन् । मुआथाई संघ कास्कीले आयोजना गरेको सेमिनारको उदघाटन गर्दै मन्त्री गुरुङले खेलाडीहरुको अनिवार्य विमा गरिने स्पष्ट पारे । मन्त्री गुरुङले मार्शल आर्ट नै अन्तराष्ट्रिय एरिनामा पदक जित्ने खेल भएको भन्दै पदकसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
‘गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीको बिमा मन्त्रालयले गर्ने छ ।’ मन्त्री गुरुङले भने–‘खेल्ने क्रममा चोटपटक लागे सहज उपचारको लागि मन्त्रालयले बिमा गर्ने घोषणा गरेको हो ।’ आर्थिक अवस्था कमजोर भएका खेलाडी घाईते हुदाँ उपचारमै समस्या हुने गरेको छ । खेल्ने क्रममा घाईते हुदाँ उपचारको लागि सहयोग जुटाउनुपर्ने अवस्था छ । सहयोग जुटाउनुभन्दा खेलाडीको बिमा गरे खेलाडीलाई समेत राहत हुने विश्वास लिईएको छ ।

खेलमा खेल्ने क्रममा चोटपटक लागेको अवस्थामा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको जोखिम बहन हुनुपर्ने स्पष्ट पारेका छन् । मन्त्री गुरुङले खेलाडीको बिमाको लागि बिमा कम्पनीसँग छलफल भईरहेको उल्लेख गरे । उनले समूहगत र व्यक्तिगत बिमा गर्ने विषयमा छलफल भईरहेको भन्दै त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको स्पष्ट पारे । उनले बजेट भने उल्लेख गर्न चाहेनन् ।
मन्त्री गुरुङले खेलाडीलाई पौष्टिक आहार(डाईट)को समेत व्यवस्था गर्ने स्पष्ट पारे ।उनले खेलाडीलाई तीन महिनासम्म डाईटको व्यवस्था गर्ने बताए । त्यसैगरी सेमिनारमै मन्त्री गुरुङले संघहरुलाई खेल सामाग्री खरीद गरेर विल मन्त्रालय ल्याउन आग्रह गरे । प्रत्येक संघलाई १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँ(खेल अनुसारको सामाग्री) बराबरको खेल सामाग्री खरीद गरी विल ल्याउन आग्रह गरेका थिए । ‘खेल संघसँग सामान छैन् । सामान नहुदाँ खेलाडीले कसरी प्रशिक्षण गर्ने । त्यसैले संघ आफैंले सामान किनेर ल्याउ । पैसा मन्त्रालयले दिन्छ ।’ उनको भनाई थियो ।
सेमिनारमा गण्डकी प्रदेशका ६० जना मुआथाई खेल्ने खेलाडीहरुको सहभागिता रहेको थियो । मुआथाईका खेलाडीहरुलाई एकै छातामुनी ल्याई एउटै नियममा राखेर खेल खेलाउने र प्रशिक्षण गराउनुपर्ने आवश्यकता अनुसार सेमिनारको आयोजना गरिएको मुआथाईका केन्द्रीय प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले बताए । उनले नियमहरुमा हुने परिवर्तनले खेलाडीहरु अन्यौलमा पर्ने हुदाँ नयाँ नियमहरुको बारेमा समेत प्रशिक्षण गराईएको थियो । खेलाडीलाई नियमसँगै फाईटका तरिका समेत सिकाईएको थियो ।
सेमिनारमै खेलाडीहरुलाई बर्गिकरण गरिएको छ । १४ जना प्रशिक्षक समेत हुन् । त्यसैगरी अन्य खेलाडीको समेत बर्गिकरण गरिएको छ । पोखरामा मुआथाई २०६४ सालपछि मात्रै भित्रिएको हो । प्रमुख प्रशिक्षक गोदार नेपालकै पहिलो प्रशिक्षक समेत हुन् । उनकै पहलमा मुआथाई पोखरा भित्रिएको हो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…