
पोखरा-नेकपा एकिकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि पोखरा वडा नं १० मा सर्वसम्मत नाम पारित गरेको छ । वडाध्यक्षमा नुना गुरुङ,सदस्यहरुमा सम्झना राना मगर, सुमित्रा गुरुङ, तुल्ना परियार र शंकर गौतम रहेका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङ यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यमा चुनावी मैदानमा थिए । वडाध्यक्षका उम्मेदवार गुरुङ बुल्समेन क्लबका अध्यक्ष समेत हुन् । उनी शारिरीक सुगठन तथा फिटनेसका खेलकर्मी समेत हुन् । उनकै नेतृत्वमा रहेको बुल्समेन क्लबले पहिलो, दोस्रो र तेस्रो बुल्समेन बडिविल्डिङ च्याम्पियनसिप गर्दै आएको छ । कोभिडकै कारण गतवर्ष आयोजनागरिने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…