
पोखरा-राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन् । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा हेटौडाको हेटौडा भेट्रान र नागसोती भेट्रान दुवै टोली काठमाडौंको टोलीसँग पराजित हुन पुग्यो ।
हेटौडा भेट्रान काठमाडौंको फ्रिडम फाईटरसँग ३–० गोलले पराजित हुदाँ नागसोती भेट्रान हेटौडा काठमाडौंको जोरपाटीसँग २–१ गोलले पराजित हुन पुग्यो । फ्रिडम फाईटरका लागि राजकुमार घिसिङले दुई र विक्रम श्रेष्ठले एक गोल गरे । घिसिङले १६ र ५१ औं मिनेटमा गोल गर्दै प्लेयर अफ दि म्याच घोािष्त हुदाँ श्रेष्ठले ४१ औं मिनेटमा गोल गरेका थिए ।
जोरपाटीले नागसोती भेट्रान हेटौडालाई पराजित गर्ने क्रममा रन्जित लामा र निमा लामाको एक एक गोल रह्यो । रन्जितले २६ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई निमाले ३० औं मिनेटमा गोल थप्दै जित पक्का बनाए । हेटौडाका लाग सुलभजंग राणाले एक गोल फर्काए ।
पोखराको संगम बीले वोलुङ ठमेल एफसीलाई ३–०ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो । २४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नरेन्द्रजंग गुरुङले अग्रता दिलाए । उनले नेै व्यक्तिगत दोस्रो गोल ४१ औं मिनेटमा गर्दै अग्रता दोब्बर बनाउँदा महेन्द्र गुरुङको ४८ आंैं मिनेटमा गरेको गोलसँगै फराकिलो अन्तरसँगै जित आत्मसात गर्यो । नरेन्द्र खेलमा प्लेयर अफ दि म्याचबाट पुरस्कृत भए ।
चितवन भेट्रानले ठमेल एफसीलाई २–०ले पराजित गर्दै क्र्वाटरफाईलन प्रवेश गर्यो । भरत गुरुङले ३४ औं मिनेट र सुरेन्द्र चौधरीले ४७ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए । केशवकुमार कार्की प्लेयर अफ दि म्याच घोषित भए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाको दुई गोलको मद्धतमा सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–०ले पराजित गर्यो । सागर थापाले ३७ र ४७ औं मिनेटमा गोल गर्दा प्लेयर अफ दि म्याच शुक्र तामाङले ५१ औं मिनेटमा गोल गरेका थिए । किङकम भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मस्र्याङ्दी क्लबले वाकओभर प्राप्त गरेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…