
पोखरा-पोखरा–१४ जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगतामा शुभकामना क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कमलपोखरी एफसी दोस्रो चरणमा प्रवेश गरेको छ ।
स्थानीय रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा कमलपोखरीले शुभकामनालाई २–० गोलले पराजित गरेको थियो । पेनाल्टी सुटआउटमा शुभकामनाका किरण कार्की र सनम केसीले गोल गर्न चुकेपछि दोस्रो चरणको यात्रा तय गर्नबाट बन्चित हुन पुग्यो । कमलपोखरीका लागि सलिन गुरुङ र अजय गुरुङले गोल गरेका थिए ।
निर्धारित समयमा दोस्रो मिनेटमा कमलपोखरीका आत्मघाती गोल गरेपछि शुभकामनाले अग्रता लिएको थियो । अजय गुरुङले खेलको १५ औां गोल गर्दै बराबरी गरे । २६ औं मिनेटमा जीवन गुरुङ कमलपोखरीले गोल । शुभकामनाका ४२ औं किरण कार्कीले गोल ।
दोस्रो खेल भक्कु एफसी विरुद्ध विरौटा एफसीसँग प्रतिस्पर्धा गर्दा भक्कु एफसीले ४–१ गेलले पराजित गरेको छ । भक्कुको लागि मनोज गुरुङले दुई तथा मिन गुरुङ र सरोज तितुङले एक गोल गर्दा विरौटाका लागि अनुज भण्डारीले एक गोल गरेका थिए । मनोज खेलमा म्यान अफ दि म्याच घोषित भए ।
तेस्रो खेलमा मसिना एफसीले विजय बस्तीलाई ११–० को फराकिलो गोलले पराजित गर्यो । फराकिलो जित दर्ता गर्ने क्रममा मसिनाका सुनिल घोतानेले त्रिपल ह्याट्रिक(९ गोल) गरे । दुई गोल भने विजय श्रेष्ठको नाममा रह्यो । खेलमा घोताने म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा आर्दश युवा क्लब भण्डारढीकले जी–९ युनाईटेड एफसीलाई १०–० गोलले पराजित गरेको छ ।
आर्दशका लागि अमृत कुँवरले ५ गोल गरे । विकास परियारले २ र विसन गुरुङ, अर्जुन गुरुङ र अर्जुन मगरले एक गोल गरेका थिए । पाँचौ खेलमा जनएकता क्लब एले काजीपोखरी एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको थियो छैटौ खेलमा समावेशी एफसीले मसिना एफसी पहेलों विरुद्ध खेल्यो । मसिना एफसी पहेंलोले समावेशीलाई ३–० गोलले पराजित गर्ने क्रममा सन्जु नेपालीले २ र सिद्धान्त गुरुङले १ गोल गरेका थिए ।
प्रतियोगितामा ४६ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई नगद ३÷३ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकराी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…