
पोखरा-जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए ।
रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो । एम १२ का लागि सरोज तितुङले ह्याट्रिक गर्दा ,अभिनास तामाङ, मनोज गुरुङ र मीन गुरुङले समान एक एक गोल हिर्काए । मसिनाका लागि अशोक गुरुङ र सिद्धान्त गुरुङले गोल फर्काए । सरोज खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।
अर्को खेलमा भण्डारढीकको आदर्श क्लबले आरजी(रफ गाईज)लाई ३–०ले पराजित गर्दै अन्तिम आठ प्रवेश गर्यो । आर्दशका लागि विमल राना, विशन गुरुङ र अमृत कुँवरको एक एक गोलको योगदान दिए । विमल राना म्यान अफ दि म्याचको हकदार बने ।
भीमकाली एफसीले जनएकता युवा क्लब हरियोलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो । जनएकता हरियोको तर्फबाट आशिष कार्कीले गोल गरे । भीमकालीका लागि अन्जन देवकोटा र अश्विन गुरुङले गोल गर्दै जित सुनिश्चित बनाए । जनएकताका सज्जन बराईली खेलमा म्यान अफ दि म्याच घोषित भए ।
रत्नचोक युवा क्लब रत्नचोकले जनएकता क्लब सेतोलाई २–० गोलले पन्छाउँदै क्र्वाटरफाईनल ढुक्क बनायो । रत्नचोकका लागि सकुल गुरुङले दुवै गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याचको हकदार भए । बिहीबारको अन्तिम खेलमा विजयपुर एफसीले मन्त्र एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल भएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । निर्धारित समयमा विजयपुरका लागि जय गुरुङ र मन्त्र चर्च ब्वाईजको तर्फबाट साईमन तामाङले गोल गगरेका थिए । खेलमा विजयपुरका आकाश रानाभाट म्यान अफ दि म्याच घोषित भए । शुक्रबार प्रतियोगिताको क्र्वाटरफाईनल र सेमिफाईनलका खेलहरु सञ्चालन हुने आयोजक जनएकता क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…