विभागीय डर्बी भिडन्तमा आर्मी सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २३ गते २०७९ मा प्रकाशित


हेटौंडा÷एपीएफ क्लबलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत् आर्मीले जितको नतिजा निकालिएको थियो । टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सीमान्त थापामगर, दिनेश हेम्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नवीन लामा, सुदीप शिखाकार, रवि थिङ र सनिश श्रेष्ठले गोल गरे ।

मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए । खेलमा आर्मीले सुरुवाती अग्रता लिए पनि अतिरिक्त समयको अन्तिममा एपीएफले बराबरी गोल गरेको थियो । आर्मीका लागि ७६ औं मिनेटमा पेनाल्टीमार्फत् हेम्जनले गोल गरेका थिए । एपीएफका कप्तान तोपबहादुर बिष्टले आर्मीका सन्तोष केसीलाई डीबक्स क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई हेम्जनले गोलमा परिणत गरेका हुन् ।

त्यसअघि खेलको ४० औं मिनेटमा प्राप्त पेनाल्टीलाई आर्मीले गोल गर्न सकेन । विवेक बस्नेतको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । अतिरिक्त समयको केही सेकेण्ड बाँकी रहँदा एपीएफका वैकल्पिक खेलाडी युवराज खड्काले गोल गर्दै खेलमा फर्काउँदै आशालाई जिवितै राखे । निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तले दुवै टिमले केही राम्रा अवसरहरु खेर फालेका थिए । खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक कुथु घोषित भए । उनले नगद १० हजार रुपिया“सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा मंगलबार मनाङमस्र्याङ्दी क्लब र नेपाल पुलिसबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले १० लाख तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत् उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लबको सहभागिता छ । लिगलिडर मच्छिन्द्र फुटबल क्लबका ४ खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट चौंथो स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिता खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका फरवार्ड बिमल घर्तीमगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले मनाङबाट मकवानपुर गोल्डकप खेल्न लागेका हुन् । गोल्डकपमा मच्छिन्द्रले नखेलेका कारण उनीहरुले मनाङबाट खेल्न पाएका हुन् । मकवानपुर गोल्डकपलाई मनाङको टोलीमा विशाल श्रेष्ठ ९गोलरक्षक०, पुजन होना ९गोलरक्षक०, अञ्जन बिष्ट, कमल श्रेष्ठ, फ्लोरेन्ट कोरा, दिनेश राजवंशी, प्रवेश कु“वर, आदित्य चौधरी, एकराज बुढाथोकी, अमिर केसी, रुपेश केसी, नितिन थापा, विशाल राई, सुजल श्रेष्ठ, शिशिर लेखी, रञ्जन विष्ट, बिमल घर्तीमगर र दीपक राई छन् ।

चारै खेलाडी लिगलिडर मच्छिन्द्रमा आवद्ध छन् । विशाल, सुजल र गोलरक्षक विशालले २०१९ को शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ छाड्दै मच्छिन्द्रमा आवद्ध भएका थिए । त्यसयता यी खेलाडीले पहिलोपटक मनाङको जर्सीमा खेल्न लागेका हुन् मनाङले मंगलबार क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबस“ग प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीस“ग असन्तुष्टि जनाएपछि उनीहरुसहित १० खेलाडी राष्ट्रिय टिमको क्याम्प छाड्न बाध्य बनेका थिए ।