
हेटौंडा-नेपाल पुलिस क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनल प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो ।
अञ्जन बिष्ट, बिमल घर्तीमगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायत चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोलअन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै पुलिस अन्तिम ४ मा पुगेको हो । पुलिसको जितमा निर्णायक गोल भरत शाहले गरेको थिए । उनले ३४ औं मिनेटमा गोल गरेका थिए । मनाङका गोलरक्षक विशाल श्रेष्ठले फ्या“केको बललाई नियन्त्रणमा लि“दै शाहको प्रहार गोल भएको थियो ।
मनाङ मस्र्याङ्दीले ४१ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुघन चौधरीले मनाङका कप्तान अञ्जन बिष्टले गरेको प्रहार बचाएका थिए । ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन । पुलिसका अजित भण्डारीले बिमललाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अञ्जन बिष्टको पेनाल्टीलाई पुलिसका गोलरक्षक चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरे पनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । उनले मनाङका करिब दर्जन प्रहारलाई निस्तेज बनाइदिएका थिए । खेलको म्यान अफ दी म्याच उनै गोलरक्षक चौधरी भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेंलो कार्ड देखाउ“दै मैदानबाट बाहिर निकालिएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमराबीचको विजेतास“ग प्रतिस्पर्धा गर्नेछ ।
जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता विजेताले नगद १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…