
काठमाडौं-मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडी लगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।
नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गरेका हुन् ।
यहि श्रावण १ देखि ४ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिक तर्फ १७० से।मि। सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
निकैनै प्रतिस्पर्धात्मक खेलमा नजिकै पुगेर पनि राष्ट्रको लागि स्वर्ण जित्दै ओभरअलमा पुग्न नसकेकोमा खिन्न महसुश गर्दै उमेशले आगामी संस्करणमा उत्कृष्टता प्रस्तुत गर्दै स्वर्ण हासिल गर्न लागि पर्ने बताए ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेका छन् ।
नेपाली टोलीको ब्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी तथा निर्णायकहरुमा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डङ्गोल र लक्ष्मण महत रहेका थिए ।
५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । त्यसका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…