
पोखरा-राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिकाको २ नं. वडा कमिटीद्वारा आयोजित बास्केटबल प्रतियोगितामा पुरुष तर्फ कास्की बास्केटबल एसोसिएसन बिजयी भएको छ ।
पोखरा १३ भद्रकाली खेलमैदानमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा ताङतिङ ए लाई ५८ – ५४ स्कोरले पन्छाउँर्दै बास्केटबल संघ कास्कीले उपाधि हात पारेको हो । उपाधि संगै कास्की जिल्ला बास्केटबल संघले नगद ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यसैगरि उपविजेता ताङतिङ ए ले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा कास्की जिल्ला बास्केटबल सघका निकेश मगर २५ स्कोर गर्दै हाई स्कोररको उपाधीसंगै नगद र ट्रफी प्राप्त गरे । महिला तर्फ मर्दीखोला ए ले मर्दीखोला बी लाई ४९ – ११ स्कोरले पछाडि पार्दै प्रतियोगिताको उपाधि हात पारेको छ । उपाधि संगै मर्दीखोला ए ले नगद १५ हजार, शिल्ड मेडल र प्रमाणपत्र हात पारे । उपविजेता मर्दीखोला बीले नगद १० हजार, शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मर्दीखोला ए का छिरिङ छ्योकि शेर्पाले १४ स्कोर गर्दै उत्कृष्ट स्कोरर संगै ट्रफी र नगद हात पारिन ।
प्रतियोगितामा महिला पुरुष गरि २७ टीमको सहभागीता रहेको थियो । प्रतियोगिताका बिजेताहरुलाई पोखरा १३ का निवर्तमान वडा तथा समाजसेवी दर्शन लामा, मादी गाउपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य झलक पोख्रेल, राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिका वडा नम्वर २ का अध्यक्ष क्षेत्र जंग गुरुङ, मादी गाउपालिका वडा नम्वर ६ का निवर्तमान अध्यक्ष पस वहादुर बास्तोला, मादी २ का पुर्व वडा अध्यक्ष एक्का जंग गुरुङ, युवा संघ मादी गाउपालिका अध्यक्ष उमेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…