
पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो ।
घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन् । त्यसमा पनि अझ मधेश प्रदेशसँगको प्रतिस्पर्धा सधै कमजोर नै देखिएको छ । चारवर्ष अघि नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टी–२० महिला क्रिकेट प्रतियोगितामा जितको आत्मसात गर्न सकेन् । दाङको लमहीमा भएको प्रतिस्पर्धाका गण्डकी प्रदेश नं १, मधेश प्रदेश र सुदुर पश्चिमसँग पराजित भएको थियो । गतवर्ष मात्रै धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग(तत्कालिन प्रदेश नं २) ७ विकेटले पराजित भएको थियो ।

गण्डकीले २० ओभरमा ३९ रन मात्रै बनाएको थियो । मधेशले ५७ बल बाँकी रहदाँ ३ विकेटको क्षतिमा गण्डकी माथि ७ विकेटको जित दर्ता गरेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले आफनैं घरेलु क्रिकेट मैदानमा खेल्दै छन् । टिम सेट छ । तथापी पानीले मैदान र पीच भिजेको अवस्था छ । उदघाटन खेल जित्दै इतिहास कोर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । उता मधेश प्रदेशले पनि गण्डकीमाथि घरेलु मैदानमा हार चखाउँदै शुरुवात गर्ने लक्ष्यमा रहने छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो खेलको रुपमा आईतबारदेखि महिला क्रिकेट शुरुवात हुदैं छ । उदघाटन खेल गण्डकी प्रदेशले मधेश प्रदेशलाई आतित्थयता दिने छ । ‘घरेलु मैदानमा मधेशलाई जित्ने लक्ष्यसहित उत्रिने छौं ।’ गण्डकी प्रदेश महिला क्रिकेट टिमका प्रशिक्षक दिपेश खत्रीले भने–‘टिम सेट राम्रो छ । विगतको भन्दा राम्रो नजिता निकाल्ने छौं ।’ उनले प्रशिक्षणको क्रममा नेट्स प्राक्टिस टर्फमै गरेकोले टर्फमा खेल्न उपयुक्त हुने अपेक्षा राखे । यद्यपी पानी परेकै कारण टर्फमा नभई खेल म्याटमा हुने सम्भावना पनि उत्तिकै छ । ‘हामीले मिड विकेटमा प्राक्टिस कहिल्यै गर्न पाएनौं । नेट्समा पनि टर्फ विकेटमा प्राक्टिस गर्यौं ।’ उनले भने–‘तर मैदानको मिड विकेटमा प्राक्टिस गर्ने अवसर खासै पाएनौं । तर लक्ष्य भने हाम्रो जित नै हो ।’
प्रतियोगिताको पूर्वसन्ध्या शनिबारसम्म मैदानको काम भईरहेको छ । आउट फिल्ड र पीचको काम सकिएपनि साईडस्क्रिनको काम भने बाँकी नै छ । साइडस्क्रिन जडान गर्ने काम भईरहेको छ । उदघाटन खेल अघिसम्म मैदानको काम सक्ने लक्ष्य सहित काम गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । दशैंको विदाले मर्मत सम्भारमा केही समस्या परेको र अर्कोतिर निरन्तर परेको पानीले प्रभावित बनाएको क्रिकेट संघले जनाएको छ । ‘‘पानी निरन्तर परेकोले मर्मत सम्भारमा केही समस्या भयो । आउट फिल्ड तयार छ पीच निरन्तर पानी परेकोले पूर्णतयार भईसकेको छैन् । उदघाटनसम्म तयारी हुन्छ ।’ संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘पीचमा समस्या भए म्याट राखेर खेलाउन योजनामा छौं ।’


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…