
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले तीन स्वर्ण पदक जितेको छ । शनिबार राती अबेर भएको प्रतिस्पर्धामा ४० केजी तौल समूहमा गण्डकीका अभिषेक डिङडुङ तामाङले स्वर्ण पदक जितेका छन् ।
५० केजी तौल समूहमा अनिष बुढामगरले स्वर्ण पदक दिलाए । त्यस्तै अर्को स्वर्ण पदक भने महिला तर्फ ५५ केजी तौलमा धनी रानामगरले जित्न सफल भईन् । पदकको आशा गरिएको रुपक नेपाली भने रजत पदकमा खुम्चिएका छन् ।

६५ केजी तौल समूहमा शिव भुजेलले पनि रजत पदकमै अडकिए । पुरुष खुल्ला तौल समूहमा गण्डकीका मोसेस कुमाल कास्य पदकमा चित्त बुझाए । ४५ केजी तौल समूहमा नारायण विक र ५५ केजी तौल समूहमा पासाङ तामाङले कास्य पदक जितेका छन् । महिला ४० केजी तौल समूहको खेल भने स्थगित भएको छ ।
स्थगित भएको खेल आईतबार विहान खेलाउने निर्णय भएको प्रतियोगिता आयोजक समितिका सदस्य दिपकबहादुर गोदारले बताए । ४० केजी तौल समूहमा गण्डकीकी खेलाडी सेमिफाईनल प्रवेश गरेकी छन् ।
उनले स्वर्ण पदक जितेको अवस्थामा गण्डकी टिम च्याम्पियन बन्ने छ । आर्मीले पनि तीन स्वर्ण जितेको छ । आठौंमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो । ४ स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…