
पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…