
file pic
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साईक्लिङको रोड रेसको इभेण्ट सञ्चालन गर्ने स्थल पहिचान नहुदाँ अन्यौल बढेको छ । खेलस्थलको अझै ठेगान नहुदाँ खेलाडीहरु पनि दुविधामा परेका छन् ।
रोड रेस अन्तर्गत दुई इभेण्ट हुन्छन् । टाईम ट्रायल र मास गरी दुई इभेण्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनका अनुसार रोड रेस कहाँ गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन् ।
प्रस्तावित गरिएको हेमजामा सवारी साधन आवातजावत रोक्नुपर्ने माग संघले गरेको छ । तर सुरक्षा निकायले सडक अवरुद्ध गर्न नसकिने जवाफ दिएपछि कहाँ गर्ने भन्ने टुंगो लाग्न सकेको छैन् । निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा आयोजना गर्ने अध्ययन गरिएको थियो । यद्यपी रोडरेस गर्दा साईकल चिप्लिने समस्याले उपयुक्त नभएको प्राविधिक समितिले जनाएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…