पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको क्रसकन्ट्री इभेण्टमा सहभागि खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ ।
पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पाईलट क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागि थिए ।
आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…