
पोखरा-एथलेटिक्स डिसकस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् ।
वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर पर फालेर स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे ।
महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…