
पोखरा-नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष थ्री बाई थ्री बास्केटल प्रतिस्पर्धामा गण्डकीले स्वर्ण जितेको छ । पोखरा रंगशाला बास्केटबल कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा गण्डकीले सशस्त्र प्रहरी बललाई २१–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । सशस्त्र उपविजेता बन्दै रजतमा चित्त बुझायो ।
बास्केटबलमा गण्डकीलाई पराजित गर्दै सशस्त्रले स्वर्ण पदक जित्यो । गण्डकीलाई ८१–७९ स्कोरमा पराजित गर्दै सशस्त्रले स्वर्ण जितेको हो । दुई स्कोरले पछि पर्दै गण्डकीले रजतमा चित्त बुझाउन बाध्य बन्यो । कास्य पदकका लागी भएको प्रतिस्पर्धामा आर्मीले बागमतीलाई ७८–६० स्कोरमा पराजित गरेको थियो । थ्री बाई थ्री बागम्ती प्रदेशले आर्मीलाई १९–१५ स्कोरले हराउदै तेस्रो स्थान हासिल गरेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…