बुल्समेन क्लबद्वारा खेलाडीलाई नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित


पोखरा-बुल्समेन क्लब रामघाट पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । मंगलबार विशेष कार्यक्रम गर्दै क्लबले पोखरामै आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा स्वर्ण पदक विजेता विवेक हमाल(५५ केजी तौल समूह) र १७० सेमी मुनिको मेन्स फिजिक्समा स्वर्ण पदक जितेका प्रदीप रेग्मीलाई नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेता दुवैलाई क्लबले नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मान गरेको हो ।

क्लबले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुलकन्ट्याक्ट कराँतेमा रजत पदक विजेता रुपक नेपाली, शारीरिक सुगठनमै ७० केजी तौल समूहमा ५ पाँचौस्थानमा रहेका निश्चल केसी, ८० केजी तौल समूहमा चौथो स्थान प्राप्त यमन्तराज गुरुङ र ८० केजी माथिको तौल समूहमा चौथो स्थान प्राप्त गरेका बलबहादुर गैरे तथा महिला फिजिक्समा छैटौ स्थान प्राप्त गरेकी दुर्गा खोर्जापुन र मेन्स फिजिक्स १७० सेमी माथिको प्रतिस्पर्धामा पाँचौस्थान प्राप्त गरेका खेलाडी सिजन गुरुङलाई जनही २÷२ हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै क्लबले शारीरिक सुगठनका गण्डकी प्रदेश प्रशिक्षक जीवन घिमिरे, सहायक प्रशिक्षक कमलराज भण्डारी र व्यवस्थापक मनोज केसी तथा महिला फिजिक्समा सहभागिता जनाएकी ओमिसा लामालाई खादा लगाई सम्मानपत्रबाट गरिएको थियो । नयाँबजारस्थित सिटी जीम सेन्टरलाई पनि क्लबले सम्मान गरेको थियो । क्लबका संस्थापक ईश्वर गुरुङ, संरक्षक सुनिल गुरुङ, प्रशिक्षक जीवन घिमिरे, क्लबका अध्यक्ष नुना गुरुङ, उपाध्यक्ष रुपेन्द्र गुरुङ लगायतले खादा लगाई सम्मानपत्रबाट सम्मान गरेका थिए ।