
पोखरा-कतारमाथि महत्वपूर्ण जित निकाल्दै ईक्वेडरले फिफा विश्वकपमा सुखद शुरुवात गरेको छ । आयोजक कतारमाथि २-० गोलले पराजित गर्दै ईक्वेडरले समूह चरणको खेलमा तीन अंक मात्रै जोडेन इतिहास समेत कोर्यो ।
तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोली कतारमाथि अग्रता लिएको ईक्वेडरलाई भिडियो एसिसेन्ट रेफ्री (भिएआर)ले मान्यता दिएन् । तर खेलको १६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ईक्वेडरले घरेलु टोली कतारमाथि महत्वपूर्ण अग्रता लियो । पेनाल्टीलाई एनर भ्यालेन्सियाले गोल गर्र्दै फिफा विश्वकप २०२२ मा आयोजक कतारमाथि दबाव सृजना गर्यो । पहिलो हाफमै ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित बनाउँदै समूह चरणको उदघाटन खेल जित्दै तीन अकं जोड्यो । अल बेयत रंगशालामा उदघाटन खेलमा कतारमाथि २-० को नजितासँगै ईक्वेडरले सुखद शुरुवात गरेको छ ।
आयोजक कतारलाई पराजित गर्दै ईक्वेडरले फिफा विश्वकप २०२२ मा इतिहास कोरेको छ । विश्वकपमा उदघाटन खेलमा पराजित हुने पहिलो टोली समेत कतार बन्यो । आयोजकले उदघाटन खेलमा पराजित भएको इतिहास आधुनिक फुटबलमा थिएन् । १९७० मा मेक्सिको पछि उद्घाटन खेलमा गोल गर्न नसक्ने टोली कतार बन्यो ।
तेस्रो मिनेटमा एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेड हानेका थिए । हेडर गोलमा परणित भएको थियो । तर भिएआरले अफसाईड देखाएपछि गोलको मान्यता पाउन सकेन् । खेलको १६ औं मिनेट गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा भ्यालेन्यिाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३१ अौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन् ।
इन्ज्युरी समयमा कतारले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरलाई पोस्टको दिशा दिन सकेनन् । दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गरेपनि गोलको अवसर सिर्जना गर्न सकेन । समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खुल नेपाली मय अनुसार पौने दशबजे हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…