
पोखरा-यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुदको तीनदिने प्रतियोगिता अयोजना गरेको छ। पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा विहीबार सुरु भएको खेलकुदका गतिविधि शनिबारसम्म चल्नेछन्।
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइरालाले विहीबार खेलकुद गतिविधिको उद्घाटन गरेका थिए। विद्यालयका निर्देशक किरण सापकोटाले खेलकुद पनि विद्यालयकै नियमित खेलकुद गतिविधिभित्र पर्ने बताए। कतै खेलेर त कतै पढेर सिकाई हुने उनले बताए। नियमित सिकाई गतिविधिलाई पूर्णता दिनका लागि खेलकुद गतिविधि आयोजना गरेको सापकोटाले बताए।
सापकोटाका अनुसार तीनदिनसम्म चल्ने गतिविधिमा कक्षा ११ र १२ का विद्यार्थीबीच आन्तरिक रुपमा अन्तसदनात्मक टिम बनाएर प्रतिश्पर्धा हुनेछ। बास्केटबल, फुटसल, भलिवल, टेवलटेनिस, चेस र ब्याडमिन्टनका गतिविधि हुने उनले जानाकारी दिए। नर्सरीदेखि १० कक्षासम्म विद्यार्थीका लागि आयोजित खेलकुद गतिविधि भने यसअघि सकिएको उनले बताए। छात्रा र छात्रका विभिन्न टिम खेलमा प्रतिश्पर्धा गर्ने उनले बताए।
प्रमुख अतिथि कोइरालाले विद्यालयले शिक्षामा जस्तै खेलकुदमा पनि योगदान दिएको बताए। विद्यालयमा खेलकुदका यस्ता गतिविधि हुँदा लुकेर रहेको प्रतिभा बाहिर आउने उनले बताए। ‘खेलाडीको क्षमता प्रदर्शन गर्ने एउटा अवसर यस्ता खेदकुदका गतिविधि पनि हुन्,’ कोइरालाले भने, ‘विद्यालय तहमा यस्ता गतिविधि गर्दा क्षमतावान खेलाडी उत्पादनमा सघाउ पुग्छ।’
महिला भलिवल टिमकी राष्ट्रिय कप्तान अरुणा शाहीले खेलकुदका यस्ता माध्यमले खेलाडीलाई स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरसम्म पनि चिनाउन सघाउने बताईन। भविश्यका खेलाडी विद्यालय तहमा हुने यस्तै गतिविधिबाट उत्पादन हुने उनले बताईन। शाहीलाई यसअघि प्रतिभा माविले नै एकलाख रुपैयाँ नगदको प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ।
यसैबीच यसअघि विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ प्रस्तुतीमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीबार पुरस्कृत गरिएको छ। गत कात्तिक अन्तिम साता आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो। प्रतिश्पर्धामा विज्ञानसँग सम्बन्धित रहेर विभिन्न विद्यार्थी समुहले प्रदर्शनी गरेका थिए। त्यस्तै व्यवसायिक योजना प्रस्तुतीमा पनि विद्यार्थीले योजना बनाएर प्रस्तुत गरेका थिए।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…