पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन(एम्स) सदस्यता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरा म्याराथनले आन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तराष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन् । विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको छ । सदस्य प्राप्तसँगै पोखरा म्याराथन एम्सको सदस्य बनेको हो । यसअघि नेपालगन्ज म्याराथनले एम्सको सदस्यता प्राप्त गरेको थियो ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार पोखरामा शुरु हुने छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन बमे रुटले मान्यता पाएको थियो । रुटले मान्यता पाएपछि एम्सले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।” पोखरा म्याराथनले अन्तराष्ट्रिय मान्यता पाएसँगै पोखरा स्पोर्टस सिटीको रुपमा विकास हुने अपेक्षा र विश्वास पर्यटन व्यवसायीले गरेका छन् ।

अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँसम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । ‘यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरुसंग खुशी बाडँन चाहन्छौं ।’ उनको भनाई थियो । सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् ।