
पोखरा-पोखरामा स्पेनिस टोलीको पहिलो अनुभव हो । पोखरा रंगशालामा गण्डकी ११सँग स्पेनिस टोली कासेरेन्योले बुधबार पहिलो पटक मैत्रीपूर्ण खेल खेल्यो । नतिजा आफनो अनुकुल निकाल्यो । दुवैले अनुभव बटुले ।
गण्डकी ११ कासेरेन्योसँग ३–०ले पराजित भयो । तर स्पेनिस टोलीले भने तारिफ गर्यो । ‘नेपालीसँग खेल्न पाउँदा खुशी लाग्यो । हाम्रो पहिलो अनुभव हो । मिल्यो भने अर्को वर्षपनि आउँछौं’ स्पेनिस टोलीका प्रशिक्षक जुलियो कोबोसले भने–‘लामो समय लिएर आउँछौं । तर व्यवस्थापकले व्यवस्थापन गरिदिनुपर्छ ।’ उनको अनुभवमा नेपाली टोली राम्रो थियो, तर एयर बलमा कमजोर देखिए । खेलाडीहरुको स्पिड देखेर उनी आफैंपनि दंग देखिए । निकै मेहेनत गरे । मैत्रीपूर्ण प्रतिस्पर्धामा खेलाडीहरु घाईते भएनन् त्यो नै राम्रो पक्ष भएको औंल्याए ।
गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले विश्वस्तरीय खेलाडीसँगको प्रतिस्पर्धाले धेरै सिक्ने र अनुभव गर्ने अवसर पाएको प्रतिक्रिया दिए । उनी भन्छन–‘विश्वस्तरीय टोलीसँग मैत्रीपूर्ण खेल्न पाउनु नै गर्वको विषय हो । हाम्रो खेलाडीहरुले निकै मेहेनत गरे ।’ शारीरिक र प्राविधिक रुपमा सक्षम टोलीसँगको प्रतिस्पर्धाले सिक्ने अवसरको रुपमा लिइएको उनको भनाई थियो । प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायीक फुटवल टिमसंग आफ्नै मैदानमा खेल्न पाउनु अविस्मरणीय भएको बताए । स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोषजनक खेल खेलेको प्रति खुशी व्यक्त गरे ।

पोखरा रंगशालामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कासेरेन्यो पहिलो हाफमै २–० गोलले अग्रता लिएको थियो । पहिलो गोल आफनै डिफेण्डरको गल्तीमा गोल खादै पछाडीको गण्डकी ११ मध्यान्तरसम्म दुई गोलले पछि परेको यिो । खेलको १० औ मिनेटमा सामुयलले गोल गर्दे कासेरेन्यो क्लबलाई अग्रता दिलाए । खेलको तेश्रो मिनेटमा कासेरेन्यो क्लबका गेरसीलाई मिचेलले वान टु पासमा बललाई सही दिशा दिन सकेन । खेलमा निकै हावी भएको भ्रमणकारी टोलीले विपक्षी पोष्टमा आक्रमण कमै गरे । स्पेनका पुर्व राष्ट्रिय खेलाडी मिचेल कार्रीलेरो डिबक्स भित्रबाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए । गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक थियो । दोस्रो हाफमा गण्डकी ११ ले खेल सुधारिएको प्रस्तुत गर्न खोजे पनि स्कोर निकाल्न असफल रह्यो । खेल सकिन केही मिनेट अघि मात्रै अन्तिम गोल भने बेर्मुले गरेका थिए ।
गण्डकी ११ का कप्तान अनिल गुरुङले मैत्रीपूर्ण प्रतियोगिताले फुटबलमा राम्रो सन्देश दिएको बताए । उनले नेपाली फुटबलले विदेशी टोलीसँग खेल्दै सिक्ने अवसरको रुपमा लिइएको सुनाए । शान्तिका लागि फुटबल भन्ने अभियानसँगै पोखरा रंगशालामा बुधबार स्पेनिस टोलीसँग मैत्रीपूर्ण खेलमा ३–० गोल अन्तरले गण्डकी ११ पराजित हुन पुग्यो । लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनको आयोजना र कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा भएको प्रतिस्पर्धाले फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानको थालनी भएको फाउण्डेशनका महासचिव एकराज गिरीले जनाए । बुद्ध जन्मेको देशबाट मैत्रीपूर्ण फुटबल खेल्दै ‘फुटबल फर पिस’ अभियान शुरु भएको उनको भनाई थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…