
पोखरा-टाईगर ग्रुपले आयोजना गर्दै आएको तेस्रो संस्करणको टाईगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आगामी माघ ८ गतेदेखि पोखरा रंगशालामा शुरु हुदैै छ ।
तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने छ । प्रतियोगिता राउण्ड रोविनमा खेलाईने छ ।
प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ पाँच÷पाँच टिमले प्रतिष्पर्धा गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ केरला स्टेट, इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, र शसस्त्र प्रहरी बलको एपीएफ क्लब र होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछ ।
पुरुष तर्फ एसटी वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, र शसस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशको टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले बताए ।
प्रतियोगितामा विजेता दुबै टिमले नगर ५/५ लाख रुपैयाँ, ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार र तेश्रोले १ लाख २५ हजार र सान्त्वना टिमले ६५ हजार प्राप्त गर्ने छ ।प्रतियोगितामा महिला – पुरुष उत्कृष्ट एकएक खेलाडीलाई नगद २५/२५ हजार सहित सम्मान गरिने अध्यक्ष शर्माले जानकारी दिए ।
खेलमा हरेक विद्याका उत्कृष्ट खेलाडीहरु, प्रशिक्षकलाई समेत नगगद दस÷दस हजार र ट्रफि सहित सम्मान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने अनुमान गरिएको गरिएको आयोजकले बताएको छ ।प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष शर्माको नेतृत्वमा १०१ सदस्यीय आयोजक समिति र विभिन्न ११ उपसमिति गठन गरेर तयारी अगाडि बढेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…