गण्डकी प्रदेशस्तरीय हिसान फुटसल फागुन पहिलो साता

- कास्कीमा छनोट शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ६ गते २०७९ मा प्रकाशित


पोखरा-आगामी फागुनको पहिलो साता पोखरामा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता हुने भएको छ । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिता हुने भएको हो । प्रदेशस्तरीय फुटसलको लागि कास्कीमा शुक्रबारदेखि छनोट प्रतिस्पर्धा शुरु भएको छ ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, पदक, ट्रफि र उपविजेताले नगद ५० हजार, पदक र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैह्रपाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ । छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान कास्कीका निर्वतमान अध्यक्ष डा रामजी शर्मा, सचिब ढाकाराम कँडेल लगाएतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताए ।

सविन मेमोरियल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १–० ले गोलले हरायो । त्यसै गरी दोस्रो खेलमा लिटिल स्टेपले स्टेपबाइस्टेपलाई २–० गोलले, स्पाइरल ग्यालरीले मर्निङस्टार स्कुललाई ट्राइबेकरमा हराएको छ । निर्धारीत २० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।शुक्रबार नै भएको चौथो खेलमा सगरमाथाले न्यु मोडललाई ४–१ ले, केफले न्यु ग्यालेक्सिलाई ३–२ ले शिसुनी केतनले मदरल्याण्ड ए लाई ३–० ले, माउण्ट अन्नपुर्णले हिल प्वाइटलाई ४–१, जेसिएले पोखरा मल्टिमोडललाई ४–१ ले हराउदै अर्को चरणमा प्रबेश गरेका छन् ।

२९ टिमले सहभागी प्रतियोगितामा ९ औं खेलमा डाइमण्ड स्कुलले न्युलाइटलाई २–१ ले, सृजनास्कुलले बालकल्याणलाई ४–१ ले, नेपाल आर्दश आवासियले रेम्बो एकेडेमीलाई ४–३ ले, ग्लोबल कलेजियटले पोखरा आर्दशलाई ७–३, कास्की मोडनाइजले सोसल पब्लिकलाई ५–० हरायो ।
प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।