नेपाललाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७९ मा प्रकाशित


काठमाडौं–ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।

आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।

नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र नेपालीहरुको उपस्थिती रहेको खेलाडी दुलालले जानकारी गराए ।